नेप्से परिसूचक छ दशमलव ५१ अङ्कको गिरावट

नेप्से परिसूचक छ दशमलव ५१ अङ्कको गिरावट

  • मङ्लबार, जेष्ठ ५, २०८३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौँ, ५ जेठः धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि आरोलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, कारोबार मापक नेप्से परिसूचक छ दशमलव ५१ अङ्कले ओरालो लागेर दुई हजार ७२४ दशमलव ३९ मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ६८ अङ्कले ओरालो लागेर ४६७ दशमलव ३७ मा सीमित भएको छ । कुल ३४६ कम्पनीको ७८ लाख १६ हजार ४७८ कित्ता शेयर रु तीन अर्ब आठ करोड ७७ लाख ३० हजार ९६२ मूल्यमा खरिद–बिक्री भएको छ ।

नेप्सेका अनुसार, सिटी होटल, साहस ऊर्जा, आँखु खोला जलविद्युत् कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैङ्क र एसवाई नेपाल लिमिटेड कारोबारका आधारमा शीर्ष स्थानमा रहेको छ ।

यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैङ्क, नेपाल रिपब्लिक मिडिया, दार्माखोला हाइड्रो इनर्जी, ग्लोबल आइएमई ब्यालेन्स फन्ड पहिलो र नेपाल एसबिआई बैङ्कको ऋणपत्रका लगानीकर्ताले कमाएका छन् ।

त्यसैगरी, सिटी होटल, थ्री स्टार हाइड्रोपावर, प्रभु बैङ्कको ऋणपत्र २०८७, झापा इनर्जी र केबिए डिवेञ्चरका लगानीकर्ताले भने गुमाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी