४ जेठ, काठमाडौं । अघिल्लो दिन ओरालो लागेको सुनको मूल्य साताको पहिलो दिन आइतबार नेपाली बजारमा पुनः बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८ सय रुपैयाँले महँगिएको हो।
महासंघले निर्धारण गरेको नयाँ मूल्य सूचीअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन (शुक्रबार) सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५२ हजार ७ सय ४५ रुपैयाँ कायम भएको छ।
चाँदीको मूल्य भने घट्यो
सुनको भाउ बढ्दा आज चाँदीको मूल्यमा भने गिरावट आएको छ। चाँदी तोलामा २० रुपैयाँले घट्दै प्रतितोला ५ हजार ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline