मानव उपभोगका लागि अयोग्य ठहरिएपछि पोखराको ‘नोभा’ ब्रान्डको आइसक्रिम बजारबाट फिर्ता गर्न आदेश

मानव उपभोगका लागि अयोग्य ठहरिएपछि पोखराको ‘नोभा’ ब्रान्डको आइसक्रिम बजारबाट फिर्ता गर्न आदेश

  • आइतवार, जेष्ठ ३, २०८३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौँ, ४ जेठ । सरकारले पोखरा औद्योगिक क्षेत्रमा उत्पादित ‘नोभा’ ब्रान्डको आइसक्रिम मानव स्वास्थ्यका लागि अयोग्य फेला पारेपछि बजारबाट तत्काल फिर्ता (Recall) गर्न आदेश दिएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनका क्रममा संकलन गरेको नमुना प्रयोगशालामा परीक्षण गर्दा सम्भावित घातक ब्याक्टेरिया फेला परेपछि उक्त कदम चालेको हो। विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम उक्त उत्पादन बिक्री वितरण नगर्न र बजारमा गइसकेका सामान तुरुन्त फिर्ता लिन उत्पादक कम्पनीलाई निर्देशन दिएको छ।

विभागका अनुसार प्रयोगशाला परीक्षणमा उक्त आइसक्रिममा टोटल ब्याक्टेरिया काउन्ट (Total Bacteria Count), कोलिफर्म काउन्ट (Coliform Count) र इन्टेरोब्याक्टेरियासे (Enterobacteriaceae Count) ब्याक्टेरियाको उपस्थिति मापदण्डभन्दा बढी पाइएको छ। यी ब्याक्टेरियाको उपस्थितिले न्यून सरसफाइ वा दूषित प्रक्रियालाई संकेत गर्ने हुँदा यो उत्पादन मानव उपभोगका लागि सर्वथा अनुपयुक्त देखिएको विभागले जनाएको छ।

गुणस्तरहीन प्रमाणित भएको उक्त उत्पादन पोखरा औद्योगिक क्षेत्रस्थित फिस्टेल डेरी प्रा. लि. बाट उत्पादित ‘नोभा (NOVA)’ ब्रान्डको १ हजार मिलिलिटर (१ लिटर) परिमाणको आइसक्रिम हो। बजारबाट फिर्ता गराउन लागिएको उक्त ब्याचको उत्पादन मिति २०८२ साल साउन १९ गते रहेको र उपभोग्य अवधि १२ महिना तोकिएको छ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ को उपदफा (२) को प्रावधान बमोजिम विभागले ब्याच नम्बर ‘C02’ का सम्पूर्ण आइसक्रिमहरू बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ। साथै, सोही दफाको उपदफा (४) बमोजिम विभागका महानिर्देशकको निर्देशानुसार सम्बन्धित उत्पादकलाई उक्त उत्पादनको बिक्री वितरण तत्काल रोक्न समेत कडा निर्देशन दिइएको विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृतद्वारा जारी सूचनामा उल्लेख छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी