काठमाडौँ । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेको पक्राउविरुद्ध परेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा कारण देखाऊ आदेश जारी गरेको छ।
पाण्डेकी श्रीमती निरु दाहालले दायर गरेको निवेदनमाथि बिहीबार सुनुवाइ गर्दै न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले उनलाई पक्राउ गर्नुको लिखित कारण पेश गर्न सरकारका नाममा आदेश दिएको हो।
सर्वोच्चले पक्राउको कारण माग्नुका साथै अन्तरिम आदेशका सम्बन्धमा छलफल गर्न दुवै पक्षलाई अदालतमा बोलाएको छ। बैंकिङ कसुरको अभियोगमा अनुसन्धानका लागि पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएपछि उक्त पक्राउ गैरकानूनी रहेको दाबी गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गरिएको थियो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline