इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

  • बुधबार, बैशाख ३०, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

काठमाडौँ, ३० वैशाखः केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले सरकारी सम्पत्ति कानुनविपरीत लिलामी गरेको अभियोगमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिृकत ज्योतिप्रकाश पाण्डेलाई सिन्धुलीबाट पक्राउ गरेको छ ।

निजी क्षेत्रको स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल नेपाल दूरसञ्चार प्राकिरणले नियन्त्रणमा लिएको अवस्थामा उक्त सम्पत्तिमा सरकारी हक टुटाएर लिलामी प्रक्रियामा संलग्न भएको आरोपमा निजलाई पक्राउ गरिएको हो ।

ब्युरोका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार प्रमुख कार्यकारी अधिृकत पाण्डे ‘लोन रिकभरी कमिटी’को अध्यक्षको हैसियातमा उक्त लिलामी प्रक्रियामा सहभागी भएको अनुसन्धानबाट खुलेको छ ।

मोबाइल फोन स्वीचअफ गरी भाग्दै गरेको अवस्थामा पाण्डेलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिइएको प्रहरी टोलीको सहयोगमा कमलामाई नगरपालिका–६ बाट सवारी जाँचका क्रममा पक्राउ गरिएको हो ।

स्मार्ट टेलिकमले अनुमतिपत्र नवीकरण नगरेका कारण २०८० वैशाख ३ गते अनुमति स्वतः रद्द भएको थियो । दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ अनुसार प्राधिकरणले उक्त सम्पत्ति नियन्त्रणमा लिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी