सरकारको नीति तथा कार्यक्रमप्रति निजी क्षेत्र उत्साहित

सरकारको नीति तथा कार्यक्रमप्रति निजी क्षेत्र उत्साहित

  • बुधबार, बैशाख ३०, २०८३
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

चितवन, ३० वैशाखः आगामी आर्थिक वर्षका लागि सरकारले सदन मार्फत सार्वजानिक गरेको नीति तथा कार्यक्रमले निजी क्षेत्रमा उत्साह बढाएको छ । नीति तथा कार्यक्रम प्रभावकारी देखिए पनि कार्यान्वयन कसरी हुन्छ भन्नेमा पर्ख र हेरको अवस्थामा रहेको यहाँका व्यवसायीहरूले बताएका छन् ।

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदी नीति तथा कार्यक्रम उद्योगीका पक्षमा भएको आफूले पाएको बताउनुहुन्छ । नीति तथा कार्यक्रम हरेक सरकारले राम्रो ल्याउने भए पनि कार्यान्वयनमा समस्या हुँदा निजी क्षेत्र प्रभावित बन्ने गरेको जनाउँदै उहाँले कार्यान्वयनको चरणमा कसरी जान्छ भन्ने हेर्न आवश्यक रहेको बताउनुभयो । सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनको पक्षमा जानेमा आशावादी हुँदै निजी क्षेत्रमा उत्साह थपिएको उहाँको भनाइ छ ।

चितवन उद्योग सङ्घका अध्यक्ष मदन घिमिरे नीति तथा कार्यक्रम सकारात्मक देखिएको बताउनुहुन्छ । अहिले सकारात्मक देखिए पनि बजेटले यी कार्यक्रमलाई कसरी समेट्छ भन्नेमा भर पर्ने उहाँले बताउनुभयो । नीति तथा कार्याक्रम कार्यान्वयनका लागि योजना बनाएर सरकारले काम गर्न सके उत्साह थपिने उहाँको भनाइ छ । विद्युत् रिजर्भ राख्नेदेखि एकद्धार प्रणालीसम्मले सरकारले निजी क्षेत्रलाई उत्साह थपेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारको कार्यक्रम प्रभावकारी देखिन्छ तर कार्यान्वयनमा कसरी जान्छ भन्ने हो ।”

चितवन चेम्बर अफ कमर्सका अध्यक्ष गोपाल भट्टराई नीति तथा कार्याक्रम कार्यान्वयनको पक्षमा सरकार कसरी अघि बढ्छ भन्नेमा भर पर्ने बताउनुहुन्छ । अहिले कार्यक्रम हेर्दा निजी क्षेत्रलाई प्रथामिकतामा राखेको भए पनि कार्यान्वयनमा चुनौती बने अपेक्षाकृत फड्को मार्न नसकिने उहाँको भनाइ छ ।

क्षेत्रीय होटल सङ्घ सौराहाका उपाध्यक्ष गुणराज थपलिया नीति तथा कार्यक्रमले निजी क्षेत्रले आशा गरे जति नभए पनि केही राहत हुने देखिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पर्यटन व्यवसायीका लागि २०८५ साल भ्रमण वर्ष भन्नुले केही आशा जगाएको देखिन्छ ।” अहिले नीति तथा कार्यक्रममा केही सुधार देखिए पनि कार्यान्वयनको पक्षमा सरकार कसरी प्रस्तुत हुन्छ हेर्न बाँकी रहेको उहाँले बताउनुभयो ।

नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले लगानी बढाउन निजी क्षेत्र प्रोत्साहित हुनेगरी नीति तथा कार्यक्रम ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “बजेट आउँदा छुटेका विषय समावेश गरेर लगानीमैत्री हुनेगरी सम्बोधन गर्नुपर्छ ।” नयाँ सरकार बनेसँगै सरकारले गरेका काम जनमैत्री हुँदै गएको भन्दै उहाँले लगानीको वातावरण बनाइदिन आग्रह गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी