नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

  • मङ्लबार, बैशाख २९, २०८३
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

काठमाडौँ, २९ वैशाख : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कले ओरालो लागेर दुई हजार सात सय ४४ दशमलव ४० मा सीमित भएको छ । यो एक दशमलव ४१ प्रतिशतले गिरावट हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव १५ अङ्कले ओरालो लागेर ४६९ दशमलव २६ मा सीमित भएको छ । कुल एक करोड छ लाख ७८ हजार ५५० कित्ता सेयर रु चार अर्ब ६६ करोड ५० लाख २० हजार ६७७ मूल्यमा खरिद बिक्री भएको छ ।

कारोबारका आधारमा नेसनल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर कम्पनी, शिवम् सिमेन्ट र एवाइ प्यानल लिमिटेड शीर्षस्थानमा छ । नेप्सेका अनुसार, धौलागिरि लघुवित्त वित्तीय संस्था, एसबिएल डिबेन्चर, एनआइबिएल समृद्धि फन्ड दोस्रो, एनआइसी एसिया डिबेन्चर र नेपाल एसआइबी बैंक डिबेन्चरका लगानीकर्ताले कमाए ।

यस्तै, फस्ट माइक्रोफाइनान्स लघुवित्त, कुमारी धनवृद्धि योजना, झापा इनर्जी, आत्मनिर्भर लघुवित्त र होट फरेस्ट इनका लगानीकर्ताले भने गुमाएका छन् ।

कारोबार भएका कुल कम्पनीमध्ये १३ वटाको उकालो लाग्दा २५१ कम्पनीको ओरालो लागेको छ । यस्तै, पाँच कम्पनीको भने सेयर मूल्यमा कुनै परिवर्तन भएन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी