बजाज ‘ग्रान्ड एक्सचेन्ज कार्निभल’ सुरु: १ लाख रुपैयाँसम्म नगद छुट र आकर्षक अफर

बजाज ‘ग्रान्ड एक्सचेन्ज कार्निभल’ सुरु: १ लाख रुपैयाँसम्म नगद छुट र आकर्षक अफर

  • सोमवार, बैशाख २८, २०८३
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

काठमाडौं, २८ वैशाख । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ग्राहकहरूका लागि विशेष योजनासहित ‘न्यु खोज्नेलाई झ्याप्पै, ग्रान्ड एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजित यो विशेष मेला यही वैशाख २८ गतेदेखि जेठ ३ गते (मे ११ देखि मे १७) सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।

कार्निभलका मुख्य आकर्षणहरू:
नगद छुट: नयाँ बजाज मोटरसाइकल खरिद गर्दा ग्राहकले १ लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन्।

उत्कृष्ट मूल्याङ्कन: २२ जना अनुभवी मूल्याङ्कनकर्ताहरूद्वारा पुराना मोटरसाइकल वा स्कुटरको उचित र बजारकै उत्कृष्ट मूल्य निर्धारण गरिनेछ।

एक्सचेन्ज सुविधा: कुनै पनि ब्राण्डका पुराना सवारी साधन साटेर नयाँ बजाज मोटरसाइकल घर लैजान सकिनेछ।

थप सुविधाहरू: मेला स्थलमै सहज वित्तिय (Financial) सुविधा, नि:शुल्क एसेसरीज र नि:शुल्क सेवा शुल्क जस्ता सुविधाहरू उपलब्ध छन्।

बजाज नेपालले ग्राहकहरूको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै निरन्तर यस्ता आकर्षक योजनाहरू ल्याउँदै आएको छ। कम्पनीले सबै इच्छुक ग्राहकहरूलाई भृकुटीमण्डपमा पुगी यो सुनौलो अवसरको लाभ लिन आग्रह गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी