काठमाडौँ, वैशाख २८ । कोका-कोलाले नेपालका स्थानीय समुदाय र पुस्तौँदेखि व्यवसाय सञ्चालन गर्दै आएका उद्यमीहरूको सम्मानमा ‘लोकल्ली योर्स’ (Locally Yours) अभियान सुरु गरेको छ। टोल-छिमेकका मानिसहरू ब्युँझनुअघि नै पसल खोल्ने र ग्राहकको रोजाइ र नामसम्म कण्ठ गर्ने स्थानीय व्यवसायीहरूको योगदानलाई कदर गर्न यो अभियान ल्याइएको हो।
यस अभियानअन्तर्गत तयार पारिएका भिडियोहरू मार्फत ती उद्यमी र साना व्यवसायीहरूको व्यक्तिगत यात्रा, अनुभव र संघर्षलाई उजागर गरिएको छ, जसले आफ्नो समुदायको दैनिक जीवनमा अभिन्न हिस्सा बनेर महत्वपूर्ण भूमिका निभाइरहेका छन्।
यो अभियानले नेपालमा कोका-कोला र स्थानीय उद्यमीहरूबीच दशकौँदेखि कायम रहेको सम्बन्धलाई प्रतिविम्बित गर्छ। यी व्यवसायीहरूले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन, रोजगारी सिर्जना गर्न र कोका-कोलालाई देशैभरका साझा खुसीका क्षणहरूको हिस्सा बनाउन ठूलो योगदान पुर्याएका छन्।
अभियानका बारेमा बोल्दै कोका-कोला नेपालकी कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले भन्नुभयो:“स्थानीय व्यवसायहरू नेपालभरका समुदायको मेरुदण्ड हुन्। ‘लोकल्ली योर्स’ मार्फत हामी विगत ५० वर्षभन्दा बढी समयदेखि कोका-कोलालाई नेपालीहरूको दैनिक जीवनको हिस्सा बनाउने ती व्यक्तिहरूको सम्मान गर्न चाहन्छौँ।”
त्यस्तै, बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अजय कानानले भन्नुभयो:“टोल-छिमेकका साना व्यवसायीहरू हाम्रो व्यवसायका आधारस्तम्भ मात्र नभई समुदायका बलिया खम्बा पनि हुन्। उनीहरूको मेहेनत र उद्यमी सोचले मानिसहरूबीच सम्बन्ध जोड्ने काम गरेको छ। यो अभियान उनीहरूको कथा र प्रभावप्रतिको सम्मान हो।”
अभियानमा समेटिएका डल्ले रेस्टुरेन्टका सञ्चालक आलोक योञ्जनका अनुसार सुरुवाती दिनदेखि नै कोका-कोला उनीहरूको मेनुको प्रमुख हिस्सा रहँदै आएको छ। उनी भन्छन्, “मेरो विचारमा, यो हरेक खानापछि अन्तिम आनन्द दिने पेय हो।”
त्यसैगरी, शेर्पा जुस सेन्टरका सञ्चालक पासाङ शेर्पा भन्छन्, “अहिले कोका-कोला पिउने एउटा संस्कार नै बनिसकेको छ। मानिसहरूले यो चलनलाई पछ्याइरहेका छन्, त्यसैले यसको माग निकै बलियो छ।”
‘लोकल्ली योर्स’ अभियानले स्थानीय व्यवसाय पछाडिका संघर्ष, नवप्रवर्तन र सामुदायिक गौरवका प्रेरक कथाहरूलाई सम्मान गर्ने उद्देश्य राखेको छ। नेपालका धेरै दैनिक खुसीका क्षणहरू यिनै स्थानीय व्यवसायीहरूको सक्रियताका कारण सम्भव भइरहेका छन्।