नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

  • बुधबार, बैशाख २३, २०८३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौँ, २३ वैशाखः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६४ अङ्कले घटेर दुई हजार ७११ दशमलव २२ बिन्दुमा कायम भएको हो ।

आज ३३६ कम्पनीको ७१ लाख ३१ हजार ५५७ कित्ता शेयर ४७ हजार ८४१ पटक खरिद बिक्री हुँदा रु तीन अर्ब १९ करोड ७७ लाख ६६ हजार ७७९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा बैंकिङ शून्य दशमलव १६, वित्त शून्य दशमलव १९, होटल तथा पर्यटन शून्य दशमलव २२, लगानी शून्य दशमलव ४०, लघुवित्त शून्य दशमलव ४८, म्युचुअल फन्ड शून्य दशमलव ८०, निर्जीवन बिमा शून्य दशमलव १९ र अन्य समूह शून्य दशमलव ०३ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैंक शून्य दशमलव ५१, जलविद्युत् शून्य दशमलव ४३, जीवन बिमा शून्य दशमलव ३२ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ५६ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै १३ दशमलव ७४ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य आठ दशमलव ९० प्रतिशतले घटेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी