टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन खुला

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन खुला

  • बुधबार, बैशाख २३, २०८३
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

मेरोलगानी, बैशाख २३ । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आज (बैशाख २३ गते) देखि सर्वसाधारणका लागि आईपीओ (प्रारम्भिक सार्वजनिक निष्काशन) बिक्री खुला गरेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएको शेयर बाँडफाँट गरिसकेपछि अब सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

कम्पनीले कूल जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सो मध्ये:

स्थानीय बासिन्दाका लागि: १२ लाख कित्ता

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि: ३ लाख ३ हजार ६७ कित्ता

सामूहिक लगानी कोषका लागि: १ लाख ५१ हजार ५३३ कित्ता

कर्मचारीका लागि: ६० हजार ६१३ कित्ता

(माथिका चार समूहका लागि शेयर बाँडफाँट भइसकेको छ।)

अब सर्वसाधारण लगानीकर्ताका लागि २५ करोड १५ लाख ४५ हजार ५०० रुपैयाँ बराबरको २५ लाख १५ हजार ४५५ कित्ता शेयर निष्काशन हुन लागेको हो। प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ रहेको छ।

आवेदन विवरण:

न्यूनतम: १० कित्ता

अधिकतम: ५०,००० कित्ता

निष्काशन बन्द हुने मिति: छिटोमा बैशाख २८ गते, ढिलोमा जेठ ६ गते

आईपीओको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले ‘केयरएनपी डबल बी प्लस’ प्रदान गरेको छ, जसले दायित्व वहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।

आयोजनाको विवरण:

क्षमता: ८ मेगावाट

कुल लागत: १ अर्ब ८८ करोड २१ लाख रुपैयाँ

प्रति मेगावाट लागत: २३ करोड ५३ लाख रुपैयाँ

विद्युत अनुमतिपत्र बाँकी: २५ वर्ष ४ महिना

साधारण लगानी फिर्ता अवधि: ९.१७ वर्ष

डिस्काउन्टेड लगानी फिर्ता अवधि: १८.३७ वर्ष

शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी-आस्बा प्रणालीमार्फत आस्बा सेवा दिने बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी