नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

  • मङ्लबार, बैशाख २२, २०८३
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौँ – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्थापनाको २५औं वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर तथा देशव्यापी रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

कम्पनीले यही २०८२ बैशाख २१ र २२ गते आफ्नो प्रधान कार्यालयको प्राङ्गणमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। आरबी डायग्नोस्टिक्सको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा इसिजी, थाइराइड, सुगर, प्रेसर, एसजिपिटी, कोलेस्ट्रोल, युरिक एसिडलगायत परीक्षणहरू निःशुल्क गरिएको थियो भने विज्ञ चिकित्सकहरूबाट स्वास्थ्य परामर्श सेवा पनि प्रदान गरिएको थियो। उक्त शिविरबाट कुल ६०१ जनाले प्रत्यक्ष लाभ लिएका छन्।

शिविरसँगै कम्पनीले देशभरका सातै प्रदेशका १३ स्थानमा बृहत् रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो। रक्तदान कार्यक्रमअन्तर्गत कोशी प्रदेशको इटहरीमा ३०, मधेश प्रदेशको वीरगञ्जमा २५, जनकपुरमा २५, बागमती प्रदेशको काठमाडौंमा ७८, नारायणगढमा ८१, नुवाकोटमा ३९, हेटौंडामा २६, बनेपामा ३२, गण्डकी प्रदेशको पोखरामा ५५, लुम्बिनी प्रदेशको बुटवलमा ३३, भैरहवामा ३४, कर्णाली प्रदेशको सुर्खेतमा २५ र सुदूरपश्चिम प्रदेशको धनगढीमा ३३ गरी कुल ५०५ पिन्ट रगत संकलन गरिएको कम्पनीले जनाएको छ।

नेपाल लाइफ इन्स्योरेन्सले ‘जीवन अमूल्य छ’ भन्ने नारालाई आत्मसात गर्दै सम्पूर्ण नेपालीको भविष्य सुरक्षित, सुनिश्चित र सुनौलो बनाउने अभियानमा निरन्तर क्रियाशील छ। देशकै अग्रणी जीवन बीमा कम्पनीको रूपमा रहेको नेपाल लाइफले करिब ३० प्रतिशत बजार हिस्सा ओगट्दै आएको छ। पछिल्को २५ वर्षमा कम्पनीले करिब ५४ लाख नेपाली परिवारको विश्वास जितेको छ। हाल देशभरका ७७ वटै जिल्लामा विस्तारित शाखा सञ्जाल तथा ६९ हजारभन्दा बढी अभिकर्ताको सशक्त सञ्जालमार्फत कम्पनीले सेवा प्रदान गरिरहेको छ।

वार्षिकोत्सवका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकवर्ग, शेयरधनीहरू, सम्पूर्ण ग्राहकहरू, अभिकर्ताहरू, कर्मचारीहरू, नियामक निकायहरू तथा सबै सरोकारवालाप्रति धन्यवाद एवं शुभकामना व्यक्त गरेका छन्। उनले आगामी दिनमा पनि नेपाल लाइफले सबैको माया, विश्वास र सहकार्य निरन्तर पाउने अपेक्षा गरेको बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी