कालङ्गा हाइड्रोले जेठ ८ गतेदेखि आईपीओ बिक्री खुलाउने

कालङ्गा हाइड्रोले जेठ ८ गतेदेखि आईपीओ बिक्री खुलाउने

  • मङ्लबार, बैशाख २२, २०८३
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

काठमाडौँ, बैशाख २२ : । कालङ्गा हाइड्रो लिमिटेडले आगामी जेठ ८ गतेदेखि आम सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले २८ लाख ७० हजार कित्ता साधारण सेयरको बिक्री खुलाउन लागेको हो।

यसअघि कम्पनीले पहिलो चरणअन्तर्गत आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरिसकेको छ। अहिले दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर खुला गर्न लागिएको हो।

सर्वसाधारणले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओ छिटोमा जेठ १३ गते र ढिलोमा जेठ २२ गते बन्द हुनेछ।

कम्पनीलाई ‘केयर रेटिङ नेपाल’ ले ‘केयर एनपी डबल बी इस्योर’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले समयमै वित्तीय दायित्व चुक्ता गर्ने विषयमा मध्यम जोखिम रहेको जनाउँछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूमार्फत आवेदन दिन सक्नेछन्। साथै, ‘मेरो सेयर’ प्रणालीमार्फत अनलाइन आवेदन पनि गर्न सकिनेछ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी