चितवन, बैशाख – नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आफ्ना उत्कृष्ट अभिकर्ताहरूका लागि २ रात ३ दिनको मनोरञ्जनात्मक ‘नारायणी क्रुज सफारी’ कार्यक्रम सम्पन्न गरेको छ। चितवनको सौराहस्थित होटल सेभेन स्टारमा आयोजित उक्त कार्यक्रममा देशैभरिबाट ठुलो संख्यामा अभिकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कम्पनीले ‘संस्कृति, सौहार्द र सयरको संगम’ नाराका साथ २०८२ फागुन र चैत महिनामा सञ्चालन गरेको मासिक योजना अन्तर्गत लक्ष्य पूरा गर्न सफल ३५४ जना वरिष्ठ अभिकर्ताहरू यस भ्रमणमा सहभागी भएका थिए। कार्यक्रममा कम्पनीका एजेन्सी विभाग प्रमुख तथा विभिन्न शाखाका प्रमुखहरूको समेत उपस्थिति रहेको थियो।
प्रमुख आकर्षणहरू
नारायणी क्रुज सयर: सहभागीहरूलाई नेपालको एक मात्र क्रुज (पानी जहाज) मा यात्रा गराई चितवनको जल पर्यटनको अनुभव प्रदान गरिएको थियो।
सांस्कृतिक साँझ: इन्द्रेणी ग्रुपका सञ्चालक तथा चर्चित कलाकारहरूले उत्कृष्ट लोक दोहोरी र नृत्य प्रस्तुत गरी सहभागीहरूलाई भरपुर मनोरञ्जन दिलाएका थिए।
पर्यटन प्रवद्र्धन: कार्यक्रमले आन्तरिक पर्यटनको विकासमा टेवा पुऱ्याउनुका साथै अभिकर्ताहरू बीचको आपसी सम्बन्धलाई अझ प्रगाढ बनाएको थियो।
सहभागि अभिकर्ताहरूले क्रुज यात्राको अवसर प्रदान गरेकोमा कम्पनीप्रति आभार व्यक्त गरे। यस प्रकारका कार्यक्रमले मनोरञ्जन मात्र नभई आफ्नो वृत्ति विकास र कार्य क्षमतामा समेत थप ऊर्जा प्रदान गर्ने उनीहरूको विश्वास थियो।