सरकार जनविरोधी बाटोमा लागे कडा सङ्घर्ष गर्ने माधव नेपालको चेतावनी

सरकार जनविरोधी बाटोमा लागे कडा सङ्घर्ष गर्ने माधव नेपालको चेतावनी

  • शुक्रबार, बैशाख १८, २०८३
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारले एकपछि अर्को जनविरोधी र मजदुरविरोधी काम गरिरहेको भन्दै कडा आलोचना गरेका छन् । १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार सय दिन पनि नपुग्दै गलत बाटोमा हिँड्न थालेको दाबी गरे ।

उनले सरकार नसच्चिए कडा सङ्घर्षमा उत्रिने चेतावनीसमेत दिएका छन् ।

सरकारले सुकुम्बासी, मजदुर, ट्रेड युनियन अधिकार, र जनताको आवास तथा रोजगारीको अधिकारमाथि बेवास्ता गर्दै दमनको नीति लिएको नेपालको आरोप छ ।

सरकारलाई अहिले नै निरन्तर आरोप लगाइरहने पक्षमा आफूहरू नरहेको तर जनतालाई पीडा दिने काम जारी राखे मजदुर वर्ग सडक आन्दोलनमा उत्रिने उनले बताए ।

तथ्याङ्क सङ्कलन र वैकल्पिक व्यवस्थापन बिना सुकुम्बासी हटाउने कार्य जायज नभएको र सरकारले अध्यादेशमार्फत शासन गर्न खोजेको उनले टिप्पणी गरे ।

पूर्वप्रधानमन्त्री नेपालले देशको भू-राजनीतिक अवस्था संवेदनशील रहेको भन्दै असंलग्न परराष्ट्र नीतिमा जोड दिए । उनले भने, “हामी कुनै पनि सैन्य गठबन्धनमा सामेल हुन सक्दैनौँ र कसैको पुच्छर पनि बन्न सक्दैनौँ ।” राष्ट्रिय स्वाभिमानको रक्षाका लागि सबै नेपाली सचेत हुनुपर्ने उनको तर्क थियो ।

देशमा बढ्दो बेरोजगारी र युवा पलायनप्रति चिन्ता व्यक्त गर्दै उनले अबको शिक्षालाई व्यावहारिक सीप र रोजगारीसँग अनिवार्य रूपमा जोड्नुपर्ने आवश्यकता औँल्याए । प्रतिकूल अवस्थामा पनि निराश नहुन आग्रह गर्दै उनले हारपछि जित अवश्य हुने भन्दै कार्यकर्तालाई हौसला दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ