आज पनि घट्यो नेप्से परिसूचक

आज पनि घट्यो नेप्से परिसूचक

  • बिहिबार, बैशाख १७, २०८३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौँ, १७ वैशाखः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो दिन गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ७३ अङ्कले घटेर दुई हजार ७३८ दशमलव ७२ को बिन्दुमा कायम भएको हो । आज ३४६ कम्पनीको एक करोड नौ लाख ७७ हजार ७८३ कित्ता शेयर ८० हजार ४२७ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ९१ करोड ६६ लाख २६ हजार ८४८ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ शून्य दशमलवशून्य दुई र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ८४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैंक शून्य दशमलव ४८, वित्त शून्य दशमलव २०, होटल तथा पर्यटन शून्य दशमलव शून्य चार, जलविद्युत् शून्य दशमलव ४० र लगानी समूह शून्य दशमलव ४२ प्रतिशतले घटेको छ ।

त्यस्तै, जीवन बीमा शून्य दशमलव २६, लघुवित्त शून्य दशमलव ३४, म्युचुअल फण्ड शून्य दशमलव ५२, निर्जीवन बिमा शून्य दशमलव शून्य दुई, व्यापार शून्य दशमलव ६३ र अन्य समूह शून्य दशमलव ९७ प्रतिशतले घटेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी