एनआईसी एशिया बैंकद्वारा कैलालीको सरस्वती माध्यमिक विद्यालयलाई खानेपानी ट्याङ्की र पम्प हस्तान्तरण

एनआईसी एशिया बैंकद्वारा कैलालीको सरस्वती माध्यमिक विद्यालयलाई खानेपानी ट्याङ्की र पम्प हस्तान्तरण

  • बिहिबार, बैशाख १७, २०८३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, १७ वैशाख । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत कैलालीको गोदावरीस्थित एक विद्यालयलाई खानेपानीको पूर्वाधार सहयोग गरेको छ । बैंकले गोदावरी नगरपालिका वडा नं. ५ मा रहेको श्री सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले फिल्टरसहितको खानेपानी ट्याङ्की र पम्प प्रदान गरेको हो ।

वैशाख १६ गते विद्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच बैंकका सर्कल हेड (धनगढी) दीपक विष्टले विद्यालयका प्रधानाध्यापक योगेन्द्र राज ओझालाई उक्त सामग्रीहरू हस्तान्तरण गर्नुभयो ।

विद्यार्थीहरूलाई विद्यालय समयमा शुद्ध र सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्न बैंकले यो पहलकदमी लिएको जनाएको छ । फिल्टरसहितको ट्याङ्की र पम्प जडान भएपछि विद्यालयको शैक्षिक वातावरणमा सुधार आउनुका साथै विद्यार्थीहरूको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास बैंकले व्यक्त गरेको छ ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवं सूचना अधिकारी जयन्द्र रावलका अनुसार बैंकले आगामी दिनमा पनि शिक्षा र स्वास्थ्यका क्षेत्रमा यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने लक्ष्य राखेको छ ।

एनआईसी एशिया बैंकले मुलुकभर रहेका आफ्ना शाखा सञ्जालहरूमार्फत बैंकिङ सेवा मात्र नभई समुदायको हितका लागि विभिन्न सामाजिक कार्यहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी