नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

  • बुधबार, बैशाख १६, २०८३
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

काठमाडौँ, १६ वैशाख : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २५ दशमलव ८१ अङ्कले घटेर दुई हजार ७४४ दशमलव ४५ बिन्दुमा कायम भएको हो ।

आज ३५१ कम्पनीको एक करोड २१ लाख ३४ हजार ३६० कित्ता शेयर एक लाख चार हजार पाँच पटक खरिद बिक्री हुँदा रु चार अर्ब ९८ करोड ६२ लाख ९४ हजार १७३ बराबरको कारोबार कारोबार भएको नेप्सेले जनाएको छ ।

आज विकास बैंक शून्य दशमलव १४, म्युचुअल फन्ड शून्य दशमलव ०१ र व्यापार समूह एक दशमलव ०९ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव ७६, वित्त शून्य दशमलव ६४, होटल तथा पर्यटन एक दशमलव ६४, जलविद्युत् एक दशमलव ४५, लगानी शून्य दशमलव ६६, जीवन बीमा शून्य दशमलव ८४ र उत्पादन तथा प्रशोधन समूह दुई दशमलव २४ प्रतिशतले घटेको छ ।

त्यस्तै, लघुवित्त शून्य दशमलव ५४, निर्जीवन बिमा समूह एक दशमलव ११ र अन्य समूह शून्य दशमलव ९२ प्रतिशतले घटेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी