काठमाडौँ (वैशाख १६, २०८३) – एनआईसी एशिया बैंकले आफ्ना सम्पूर्ण ग्राहकलाई आ–आफ्नो वित्तीय विवरण (PAN) र ईमेल ठेगाना अद्यावधिक गर्न आह्वान गरेको छ। करसम्बन्धी नियम एवं प्रचलित कानुन (आर्थिक ऐन २०८०) बमोजिम ग्राहकको प्यान विवरण बैंक प्रणालीमा अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्ने व्यवस्था छ।
बैंकले ग्राहकलाई सहजताका लागि दुई माध्यमबाट प्यान अद्यावधिक गर्न सकिने जनाएको छ:
१. बैंकको आधिकारिक लिङ्क: panupdate.nicasiabank.com
२. मोबाइल एप (NIC ASIA MoBank): ‘PAN Update’ अप्सनमा गई KYC विवरण अद्यावधिक गर्न सकिने।
यसैगरी, इमेल ठेगाना अद्यावधिक गर्न ग्राहकलाई तलका माध्यम सुझाइएको छ:
वेबसाइट: https://www.nicasiabank.com/video-kyc/
मोबाइल एप: ‘My Profile’ मा गई ‘Change Email Option’ प्रयोग गर्ने।
बैंकले स्पष्ट पारेअनुसार, प्यान र इमेल अद्यावधिक नगरेको खण्डमा ग्राहकको E-TDS (इलेक्ट्रोनिक कर कट्टी) विवरण सही रूपमा दाखिल नहुने, कर कट्टीको प्रमाणपत्र तथा कर रिटर्न भर्दा समस्या आउनुका साथै कर छुटको सुविधा लिन बैंक धाउनुपर्ने अवस्था सिर्जना हुन सक्छ। यसबाट हुनसक्ने असुविधाबाट बच्न बैंकले सबै ग्राहकलाई तत्काल अद्यावधिक गर्न आग्रह गरेको छ।
थप जानकारी वा सहायताका लागि बैंकले नजिकको शाखा वा ग्राहक सेवा केन्द्रका फोन नम्बरहरू (११२–१११११, ०१–४४५५६६७) मा सम्पर्क गर्न पनि अनुरोध गरेको छ।