सरकारको अध्यादेश सिफारिसविरुद्ध विरोधपछि रास्वपाको संसदीय दलको छलफल आह्वान

सरकारको अध्यादेश सिफारिसविरुद्ध विरोधपछि रास्वपाको संसदीय दलको छलफल आह्वान

  • बुधबार, बैशाख १६, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

काठमाडौँ। संवैधानिक परिषद् र सहकारीसम्बन्धी दुई अध्यादेश जारी गर्न सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गरेको सिफारिसपछि उत्पन्न विवाद र विरोधका बीच सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूसँग छलफल गर्ने भएको छ।

संसदीय प्रक्रियालाई बेवास्ता गर्दै अध्यादेश ल्याउन सिफारिस गरिएको भन्दै सरकारको व्यापक आलोचना भइरहेको छ। यही परिप्रेक्ष्यमा रास्वपाले आफ्ना सांसदहरूसँग अनौपचारिक छलफलको आयोजना गरेको हो।

पार्टी प्रवक्ता मनिष झाका अनुसार उक्त छलफल सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा राखिएको छ। उनले जानकारी दिएअनुसार काठमाडौँ उपत्यकामा रहेका रास्वपाका सबै सांसदहरूलाई सहभागी हुन आह्वान गरिएको छ। बैठकमा अध्यादेशसम्बन्धी सरकारको चाल र त्यसपछिको रणनीतिबारे छलफल हुने अपेक्षा गरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी