१० केजीभन्दा कम तौलका बेकरी सर्टेनीङ्ग बिक्री वितरणमा रोक, १५ दिनभित्र बजारबाट फिर्ता गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको निर्देशन

१० केजीभन्दा कम तौलका बेकरी सर्टेनीङ्ग बिक्री वितरणमा रोक, १५ दिनभित्र बजारबाट फिर्ता गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको निर्देशन

  • मङ्लबार, बैशाख १५, २०८३
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

काठमाडौँ । सरकारले १० किलोग्रामभन्दा कम तौलका प्याकमा बेकरी सर्टेनीङ्ग (Bakery Shortening) को उत्पादन, प्याकेजिङ तथा बिक्री वितरण गर्न रोक लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक जरुरी सूचना जारी गर्दै यस्तो प्रतिबन्ध लगाएको हो ।

विभागको मिति २०८३/०१/१४ गतेको निर्णयानुसार अबदेखि कुनै पनि उद्योगले १० केजीभन्दा कम तौल भएको प्याकेटमा बेकरी सर्टेनीङ्ग उत्पादन वा बिक्री गर्न पाउने छैनन् ।

१५ दिनभित्र ‘रिकल’ गर्नुपर्ने
सूचनामा हाल बजारमा बिक्री वितरणमा रहेका १० केजीभन्दा कम तौलका बेकरी सर्टेनीङ्गका प्याकहरूलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अनिवार्य रूपमा बजारबाट फिर्ता गर्न निर्देशन दिइएको छ । बजारबाट फिर्ता गरिएका सामानहरूको जानकारी सम्बन्धित उद्योग रहेको क्षेत्रको विभाग वा मातहतका कार्यालयमा गराउन समेत भनिएको छ ।

विभागले यो निर्देशनको उल्लंघन गरी कसैले उत्पादन, प्याकेजिङ वा बिक्री वितरण गरेको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ ।

आम उपभोक्ताको स्वास्थ्य र खाद्य सुरक्षालाई ध्यानमा राख्दै विभागले यो कदम चालेको बुझिएको छ । थप जानकारीका लागि विभागले आफ्नो वेबसाइट www.dftqc.gov.np वा फोन नं. ०१-५३६२३६९ मा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी