थापाथलीका सुकुम्बासीलाई रंगशालामा सारिँदै: तीन स्थानमा अस्थायी बसोबासको तयारी, महानगरको आकस्मिक बैठक

थापाथलीका सुकुम्बासीलाई रंगशालामा सारिँदै: तीन स्थानमा अस्थायी बसोबासको तयारी, महानगरको आकस्मिक बैठक

  • शुक्रबार, बैशाख ११, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

काठमाडौँ । काठमाडौँका विभिन्न क्षेत्र, विशेष गरी थापाथली किनारमा रहेका सुकुम्बासी बस्ती व्यवस्थापनका लागि सरकारले ठोस तयारी सुरु गरेको छ। बस्तीमा डोजर चलाउने तयारीसँगै काठमाडौँ महानगरपालिका, सहरी विकास मन्त्रालय र जिल्ला प्रशासन कार्यालयले त्यहाँका बासिन्दालाई वैकल्पिक स्थानमा सार्ने गृहकार्य अघि बढाएका हुन्।

दशरथ रंगशालामा ‘स्क्रिनिङ’ गरिने
बस्तीबाट विस्थापित हुने नागरिकहरूलाई सुरुमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लैजाने तयारी गरिएको छ। महानगरका एक उच्च अधिकारीका अनुसार, रंगशालामा उनीहरूको विवरण संकलन र ‘स्क्रिनिङ’ गरिनेछ। वास्तविक सुकुम्बासी पहिचान भइसकेपछि उनीहरूलाई त्यहाँबाट तोकिएका अन्य अस्थायी बसोबासका केन्द्रहरूमा पठाइनेछ।

बसोबासका लागि ३ गोप्य स्थान तय
स्रोतका अनुसार प्रशासनले सुकुम्बासीहरूको अस्थायी व्यवस्थापनका लागि काठमाडौँभित्रै तीनवटा स्थान छनोट गरिसकेको छ। यद्यपि, सुरक्षा संवेदनशीलता र सम्भावित अवरोधलाई मध्यनजर गर्दै ती स्थानहरूको नाम अहिले सार्वजनिक गरिएको छैन।

यसैबीच, सुकुम्बासी बस्ती व्यवस्थापन र सुरक्षाको विषयलाई लिएर काठमाडौँ महानगरपालिकाको आकस्मिक कार्यपालिका बैठक जारी छ। यसअघिका बैठकहरू सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण (लाइभ) गर्ने गरिए पनि आजको बैठक भने गोप्य राखिएको छ। बस्ती हटाउँदा उत्पन्न हुन सक्ने तनाव र सुरक्षा चुनौतीबारे वडाध्यक्षहरूसँग छलफल भइरहेको बुझिएको छ।

सुकुमबासी व्यवस्थापनको यो कदमले काठमाडौँको नदी किनार सफा गर्ने अभियानमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ