अपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँट : ७८ हजार २० जनालाई साधारण शेयर

अपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँट : ७८ हजार २० जनालाई साधारण शेयर

  • शुक्रबार, बैशाख ११, २०८३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

बैशाख ११, २०८३ । बैशाख ११ गते शुक्रबार, अपोलो हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडको कार्यालयमा उक्त बाँडफाँट गरिएको हो।

कम्पनीले ६ मेगावाट क्षमताको बुखु जलविद्युत् आयोजना प्रवर्द्धन गरिरहेको छ भने सञ्चित कोषमा उच्च जोखिम रहेको सङ्केत गर्दै केयर रेटिङ नेपालले यसलाई ‘केयर-एनपी डबल बी (आइएस)’ रेटिङ प्रदान गरेको छ।

कम्पनीले गत चैत २६, २०८२ देखि वैशाख २, २०८३ सम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो। कम्पनीले ५७ करोड रुपैयाँ जारी पुँजीको ३० प्रतिशत अर्थात् १४ लाख १० हजार कित्ता साधारण शेयर सर्वसाधारणमा ल्याएको थियो। पहिलो चरणमा स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष तथा कर्मचारीलाई बिक्री गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि ७ लाख ८० हजार २०० कित्ता शेयर निष्काशन गरिएको थियो।

उक्त निष्कासनमा २८ लाख ७६ हजार १०२ जना आवेदकले कुल ३ करोड २७ लाख ४० हजार ३३० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसअनुसार यो आईपीओ झण्डै ४१.९६ गुणा बढीले धेरै आवेदन परेको थियो।

मागभन्दा धेरै आवेदन परेको हुँदा गोला प्रक्रियाबाट बाँडफाँट गरिएको छ। सोही प्रक्रियाअनुसार ७८ हजार २० जना आवेदकले १०/१० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँकी सबै आवेदकको भने हात खाली भएको छ।

यससँगै अपोलो हाइड्रोपावरको सेयर अब नेप्सेमा दोस्रो बजारमा सूचीकरणको प्रक्रियामा रहने छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी