लगानीमैत्री वातावरणको माग गर्दै निजी क्षेत्रको तीन संस्थाको संयुक्त आग्रह

लगानीमैत्री वातावरणको माग गर्दै निजी क्षेत्रको तीन संस्थाको संयुक्त आग्रह

  • शुक्रबार, बैशाख ११, २०८३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौँ, ११ वैशाख – नेपालका प्रमुख निजी क्षेत्रका छाता संगठनहरूले मुलुकमा लगानीमैत्री वातावरण सिर्जना गर्न सरकारसँग जोडदार आग्रह गरेका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई), नेपाल उद्योग परिसङ्घ (सीएनआई) र नेपाल वाणिज्य सङ्घ (एनसीसी) ले आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै निजी क्षेत्रको सुरक्षा, संरक्षण र प्रवद्र्धनका लागि ठोस पहल गर्न सरकारसँग अनुरोध गरेका हुन्।

नयाँ सरकार गठनसँगै आर्थिक स्थायित्वमा सुधार र लगानीमा वृद्धि हुने अपेक्षा गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ। तीनै संस्थाले नेपालको अर्थतन्त्रको विकास, रोजगारी सृजना तथा राजस्व संकलनमा निजी क्षेत्रले पुर्याएको उल्लेखनीय योगदानको प्रशंसा गर्दै उक्त क्षेत्रलाई हतोत्साहित पार्ने कुनै पनि गतिविधि नगर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

विज्ञप्तिमा भनिएको छ, “लगानीकर्ताको मनोबल घटाउने क्रियाकलापले मुलुकको राजस्व, रोजगारी, आपूर्ति प्रणाली तथा पूर्वाधार विकासमा प्रत्यक्ष असर पार्छ। यसले बैंकिङ क्षेत्रको स्थायित्वमा समेत चुनौती थप्दै समग्र आर्थिक प्रणालीलाई संकटतर्फ धकेल्न सक्छ।”

निजी क्षेत्रले विगतमा लगानीको वातावरण बिग्रँदा अर्थतन्त्रमा परेको नकारात्मक प्रभावको समीक्षा गर्दै अबको सरकारले स्थिर, पूर्वानुमेय र व्यवसायमैत्री नीति ल्याउन आवश्यक रहेको स्पष्ट पारेको छ। उनीहरूले कर प्रणालीमा सरलीकरण, औद्योगिक सुरक्षाको प्रत्याभूति, पूँजी बजारको स्थायित्व, र निर्यात प्रवर्द्धनका लागि प्रोत्साहनलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन्।

यस आग्रहपछि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै लगानीको वातावरण सुधार गर्न कति चाँडो पहल थाल्छ भन्ने विषय अबको मुख्य चासो बनेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी