सेयर बजारमा दोहोरो अङ्कको गिरावट: कारोबार रकम ५ अर्बमा खुम्चियो

सेयर बजारमा दोहोरो अङ्कको गिरावट: कारोबार रकम ५ अर्बमा खुम्चियो

  • बिहिबार, बैशाख १०, २०८३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौँ । साताको चौथो कारोबार दिन बिहीबार नेपाली सेयर बजारमा गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.०१ अङ्कले घटेर २७८७.१५ विन्दुमा ओर्लिएर बन्द भएको हो। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य कमी आएको छ।

बुधबार ७ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएकोमा बिहीबार ३४८ कम्पनीका १ करोड १८ लाख ७५ हजार ६९९ कित्ता सेयर ५ अर्ब ९ करोड ५९ लाख ५ हजार ७५७ रुपैयाँमा खरिदबिक्री भएका छन्।

बजारमा सहभागी कुल कम्पनीमध्ये ४६ वटाको सेयर मूल्यमा वृद्धि भएको छ भने २१६ कम्पनीको मूल्य घटेको छ। ७ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ। समग्र बजार ओरालो लागे पनि दुई कम्पनीको सेयर मूल्यमा भने उछाल आएको छ। पाल्पा सिमेन्ट इन्डस्ट्रिज र शिखर पावर डेभलपमेन्टको सेयर मूल्य समान १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट नजिक पुगेका छन्।

यता सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकका लगानीकर्ताहरूले भने बिहीबार सर्वाधिक गुमाएका छन्। सो कम्पनीको सेयर मूल्यमा ११.७९ प्रतिशतको गिरावट देखिएको छ।

कारोबार रकमको आधारमा रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रह्यो, जसको ३० करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो। त्यस्तै सोलु हाइड्रोपावर र आँखु खोला जलविद्युत कम्पनीको समान २६ करोड, हिमाल फोरेस्ट इनको २२ करोड र नेसनल हाइड्रो पावरको १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

समूहगत उपसूचकहरू तर्फ उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र व्यापार समूह बाहेक अन्य सबै समूहको सूचक नकारात्मक देखिएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी