हायात प्लेस बुटवलमा नयाँ वर्ष २०८३ को भव्य स्वागत: कुटुम्ब र नवीन के भट्टराईसँगै झुम्यो बुटवल

हायात प्लेस बुटवलमा नयाँ वर्ष २०८३ को भव्य स्वागत: कुटुम्ब र नवीन के भट्टराईसँगै झुम्यो बुटवल

  • आइतवार, बैशाख ६, २०८३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

रूपन्देही, बुटवल ५ वैशाख । बुटवलकै लक्जरी गन्तव्यको रूपमा परिचित हायात प्लेस बुटवलले नयाँ वर्ष २०८३ को अवसरमा सहरकै सबैभन्दा ठूलो ‘न्यू इयर्स इभ सेलिब्रेशन’ भव्यताका साथ सम्पन्न गरेको छ। चैत ३० गते राति होटलको खुल्ला आकाशमुनि रहेको आकर्षक स्विमिङ पुल परिसरमा आयोजित उक्त उत्सवले बुटवलको रात्रिकालीन मनोरञ्जनलाई नयाँ उचाइ दिएको छ।

“एक रात, एक मञ्च, दुई आइकन” “One Night, One Stage, Two Icons” भन्ने नाराका साथ आयोजना गरिएको यस विशेष सांगीतिक साँझमा २५० भन्दा बढी पाहुनाहरूको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाली संगीत क्षेत्रका दुई हस्ती— विश्वप्रसिद्ध इन्स्ट्रुमेन्टल ब्यान्ड ‘कुटुम्ब’ र चर्चित पप गायक नवीन के भट्टराईले एउटै मञ्च साझा गरेका थिए।

कार्यक्रमको आरम्भ आकर्षक नृत्य प्रस्तुतिबाट गरिएको थियो, जसले सुरुमै माहोल तताएको थियो।
‘कुटुम्ब’ ब्यान्डले आफ्ना सुमधुर लोक धुनहरू मार्फत पाहुनाहरूलाई मन्त्रमुग्ध पारेको थियो भने नवीन के भट्टराईका सदाबहार हिट गीतहरूमा दर्शकहरू झुम्दै डान्स फ्लोरमा रमाएका थिए।
पाहुनाहरूका लागि अनलिमिटेड लाइभ फुड काउन्टर, विविध स्वादिला परिकार र प्रिमियम पेय पदार्थको व्यवस्था गरिएको थियो।

कार्यक्रमको सबैभन्दा रोमाञ्चक क्षण मध्यरातको काउन्टडाउन रह्यो। घडीले १२ बजाएसँगै सहभागीहरूको ठूलो हुटिङ र हर्षोल्लासका साथ नयाँ वर्ष २०८३ लाई स्वागत गरिएको थियो। रङ्गीचङ्गी बत्ती र पुलसाइडको जादुमय सजावटले उक्त क्षणलाई अविस्मरणीय बनाएको थियो।

हायात प्लेस बुटवलका जनरल म्यानेजर तुषार नगरले भन्नुभयो: “बुटवलकै सबैभन्दा ठूलो न्यू इयर्स इभ उत्सवमा पाहुनाहरूको यति ठूलो सहभागिता देख्दा हामी हर्षित छौँ। संगीतका आइकनहरूलाई एउटै मञ्चमा प्रस्तुत गरेर उत्कृष्ट हस्पिटालिटी प्रदान गर्न पाउनु हाम्रा लागि गर्वको विषय हो। यो भव्य रातले नयाँ वर्षको सुरुवातलाई साँच्चै नै विशेष बनाएको छ।”

पश्चिम नेपालको लाइफस्टाइल र हस्पिटालिटी क्षेत्रमा हायात प्लेस बुटवलले नयाँ मानक स्थापित गर्दै आएको छ। आधुनिक सुविधा, शैली र नवीनतालाई प्राथमिकता दिने यस होटलले यो कार्यक्रम मार्फत विश्वस्तरीय अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः प्रमाणित गरेको छ।

व्यापारिक र पर्यटकीय दुवै दृष्टिकोणले उत्कृष्ट गन्तव्य मानिने हायात प्लेसले आगामी दिनमा पनि यस्ता स्तरीय कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी