धितोपत्र बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठद्वारा राजीनामा

धितोपत्र बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठद्वारा राजीनामा

  • शुक्रबार, बैशाख ४, २०८३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौँ, ४ वैशाख । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन्। शुक्रबार बसेको सञ्चालक समिति बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन्।

धितोपत्र ऐनअनुसार बोर्ड अध्यक्षको राजीनामा सरकारलाई बुझाउनुपर्ने व्यवस्था छ। सोही प्रक्रिया पूरा गर्न श्रेष्ठले शनिबार अर्थमन्त्रीसमक्ष राजीनामा दिने जानकारी सञ्चालक समितिलाई दिइसकेको बोर्डका एक सञ्चालकले बताए।

शुक्रबारको बैठक सकिएपछि श्रेष्ठले सञ्चालकहरूलाई सम्बोधन गर्दै सरकारलाई सहयोग गर्न आफूले राजीनामा दिन लागेको स्पष्ट पारेको ती सञ्चालकको भनाइ छ।

उल्लेखनीय छ, सरकारले श्रेष्ठलाई गत १० मंसिर २०८१ मा धितोपत्र बोर्डको कार्यकारी अध्यक्ष नियुक्त गरेको थियो। तर, व्यवसायी दीपक भट्टको सम्पत्ति शुद्धीकरण अनुसन्धानमा श्रेष्ठ समेत तानिएपछि सरकारले उनलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरेको थियो। सोही आग्रह स्वीकार गर्दै उनले राजीनामाको बाटो रोजेका हुन्।

यसैगरी, शुक्रबारकै बैठकले हिमालयन सेक्युरिटिज (ब्रोकर नम्बर ९६) लाई स्पष्टीकरण सोध्ने निर्णय गरेको ती सञ्चालकले जानकारी दिए। ब्रोकर कम्पनी गैरकानुनी सेयर कारोबारमा संलग्न रहेको पाइएपछि सो निर्णय गरिएको हो। विशेषगरी दीपक भट्ट र शाहिल अग्रवालको अवैध सेयर कारोबारमा हिमालयन सेक्युरिटिजको समेत संलग्नता देखिएको बोर्डको भनाइ छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी