नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

  • बिहिबार, बैशाख ३, २०८३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौँ, ३ वैशाखः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आज नेप्से परिसूचक ३३ दशमलव ८३ अङ्कले घटेर दुई हजार ८३३ दशमलव शून्य तीन अङ्कमा कायम भएको हो । यो एक दशमलव १८ प्रतिशतको गिरावट हो ।

आज ३४२ कम्पनीको दुई करोड सात लाख ४३ हजार ८८४ कित्ता शेयर एक लाख ११ हजार ६०७ पटक खरिद बिक्री हुँदा रु नौ अर्ब ३१ करोड २८ लाख ६० हजार ८०८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ८०, विकास बैंक एक दशमलव १५, वित्त एक दशमलव ९८, होटल तथा पर्यटन शून्य दशमलव ५०, जलविद्युत् एक दशमलव ५१ र लगानी समूह एक दशमलव २७ प्रतिशतले घटेको छ । त्यस्तै, जीवन बीमा शून्य दशमलव ९०, उत्पादन तथा प्रशोधन एक दशमलव ५४, लघुवित्त शून्य दशमलव ७१, म्युचुअल फण्ड शून्य दशमलव १४, निर्जीवन बीमा एक दशमलव २८, व्यापार एक दशमलव शून्य एक र अन्य समूह एक दशमलव ९० प्रतिशतले घटेको छ ।

रिजलाइन इनर्जी लिमिटेड र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा बढी सिन्धु विकास बैंकको शेयर मूल्य नौ दशमलव ४७ प्रतिशत घटेको नेप्सेले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी