काठमाडौँ, ३ वैशाख । नेपाली बजारमा आज सुन र चाँदीको भाउमा सामान्य वृद्धि भएको छ। बुधबार तोलामा २ हजार ९ सय रूपैयाँले बढेको सुनको मूल्य आज थप १०० रूपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ। हिजो (बुधबार) सुन प्रतितोला ३ लाख २ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। बुधबार प्रतितोला ५ हजार २ सय २० रूपैयाँमा कारोबार भएको चाँदी आज ३० रूपैयाँले बढेर प्रतितोला ५ हजार २ सय ५० रूपैयाँ कायम भएको छ।
विश्व बजारमा पनि डलरको तुलनामा सुनको माग बढ्दा मूल्यमा प्रत्यक्ष प्रभाव परेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ८ सय ३४ अमेरिकी डलर आसपासमा कारोबार भइरहेको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline