काठमाडौँ, ३ चैत । नेपाल आयल निगमले आज मध्यराति १२:०० बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ। निगमको बैठकले डिजल, मट्टीतेल र हवाई इन्धन (आन्तरिकतर्फ) को मूल्य बढाउने निर्णय गरेको हो।
यस्तो छ अबको पेट्रोलियम पदार्थको मुल्य
डिजल र मट्टीतेल: प्रतिलिटर रु ३० ले वृद्धि भई नयाँ मूल्य रु २३७ कायम।
हवाई इन्धन (आन्तरिक): प्रतिलिटर रु ५ ले वृद्धि भई नयाँ मूल्य रु २५६ कायम।
पेट्रोल र एलपी ग्यास: हाललाई यथावत राखिएको।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको र इन्डियन आयल कर्पोरेसन (IOC) बाट प्राप्त नयाँ मूल्यसूची अनुसार लागत बढी भएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ।
“मूल्य बढाउँदा पनि निगमलाई अझै पाक्षिक (१५ दिनमा) करिब रु ७ अर्ब ८१ करोड घाटा रहेको छ,” निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
अझै कति छ घाटा? (प्रति एकाइ)
पेट्रोल: रु २.३२
डिजल: रु ८७.९९
मट्टीतेल: रु ३६.७०
एलपी ग्यास: रु ३३१.२५ (प्रति सिलिन्डर)