पहिलेको बगर, अहिले आम्दानीको स्रोत

पहिलेको बगर, अहिले आम्दानीको स्रोत

  • बिहिबार, बैशाख ३, २०८३
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

दाङ, ३ वैशाखः यहाँको लमही नगरपालिका–४ सिम्रहवा निवासी ४९ वर्षीया सनकुमारी चौधरी हाल राप्ती नदीको बगरमा खरबुजा फलाउन व्यस्त हुनुहुन्छ । नदीले कटान गरेर बगर बनाएको ठाउँमा बेमौसमी तरकारीखेती गरेर आम्दानी लिन थालेको उहाँले बताउनुभयो ।

सोही ठाउँकी सीता चौधरीले यहाँ खरबुजा खेती गरिरहनुभएको छ । उहाँले करिब दुई बिघा बगरमा खरबुजाखेती गरेको बताउनुभयो ।

सनकुमारी र सीता मात्रै होइन, बलरामपुर गाउँका करिब दुई सय किसान यतिखेर बालुवामा खरबुजा फलाउन व्यस्त छन् । “पहिला नदीले सबै जमिन कटान गरेर बिचल्ली नै पा¥योे”, सीताले भन्नुभयो, “हाल त्यही बगरमा तरकारी र खरबुजाखेती गरेर परिवार पाल्न र घर खर्च चलाउन थालेका छौँ ।”

कुनै बेला राप्ती नदी पसेर बगरमा परिणत भएको बलारामपुरमा हाल पौरखी किसानले मेहनत गरेर आम्दानी गरिरहेका छन् । त्यहाँ खरबुजा तथा तरकारी लटरम्म फलाएर किसानले आर्थिक उपार्जन गरिरहेका छन् ।

“बीस वर्ष पहिले राप्ती नदीमा ठूलो बाढी आयो, घर, अन्नपात, गाई, भेडा सबै बगायो । हामी घर छोडेर भाग्यौँ र सिम्रहवामा गयौँ । पछि राप्ती नदीले आफनो धार परिर्वतन ग¥यो,” सीताले भन्नुभयो, “त्यही बाढीले लगेको जमिन करिब दश वर्षसम्म त बगर नै थियो । पछि सबैले सल्लाह गरेर यहाँ बगरखेतीको गरिरहेका छौँ ।”

सुरुआतमा एउटा संस्थाले बीउ तथा मल सहयोगपछि बगरखेती गर्न थालिएको थियो । तीन वर्षसम्म खासै आम्दानी नभए पनि हाल छैटौँ वर्षमा राम्रो आम्दानी हुन थालेको सनकुमारीको भनाइ छ ।

बगर सुनसान ठाउँमा छ । बस्ती नभएकाले यस ठाउँमा चोरी हुने डरले प्रत्येक किसानले फुसको छानो भएका घर निर्माण गरेका छन् । प्रचण्ड गर्मीको प्रवाह नगरी किसानले तिनै टहरामा रात बिताउने गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी