नेपाल राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको विस्तृत तथ्याङ्क सार्वजनिक: मधेस प्रदेश कारोबारमा अगाडि, बागमती मूल्यमा

नेपाल राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको विस्तृत तथ्याङ्क सार्वजनिक: मधेस प्रदेश कारोबारमा अगाडि, बागमती मूल्यमा

  • सोमवार, चैत्र ३०, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

नेपाल राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको विस्तृत तथ्याङ्क सार्वजनिक: मधेस प्रदेश कारोबारमा अगाडि, बागमती मूल्यमा
काठमाडौँ, ३० चैत | नेपाल राष्ट्र बैंकले मुलुकको रियलस्टेट (घरजग्गा) कारोबारको वर्तमान अवस्था र प्रवृत्तिबारे विस्तृत तथ्याङ्क सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०७९/८० लाई आधार वर्ष मानेर तयार पारिएको यो प्रतिवेदनले घरजग्गा क्षेत्रको मौसमी उतारचढाव र प्रादेशिक अवस्थालाई चित्रण गरेको छ।

राष्ट्र बैंकका अनुसार अबदेखि घरजग्गा कारोबारको विवरण त्रैमासिक रूपमा सार्वजनिक गरिनेछ। यसका लागि भूमि व्यवस्थापन तथा अभिलेख विभाग, आन्तरिक राजस्व विभाग र बैंकको आफ्नै स्रोतलाई आधार मानिएको छ।

मौसमी प्रभाव: तथ्याङ्कअनुसार घरजग्गा कारोबारमा स्पष्ट ‘सिजनल’ प्रभाव देखिएको छ। आर्थिक वर्षको पहिलो त्रैमासमा कारोबार न्यून हुने र तेस्रो तथा चौथो त्रैमासमा उच्च हुने प्रवृत्ति पाइएको छ।

कर्जा प्रवाहमा वृद्धि: आव २०७७/७८ देखि २०८१/८२ सम्मको अवधिमा:

घरजग्गा कर्जा (Real Estate Loan): ७२.४१% ले वृद्धि।

आवासीय कर्जा (Residential Loan): ६१.५५% ले वृद्धि।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी