बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा वृद्धि, यस्तो छ नयाँ दर

बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा वृद्धि, यस्तो छ नयाँ दर

  • शनिबार, चैत्र २८, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

हेटौँडा | पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको भन्दै बागमती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ। श्रम, रोजगार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरको बैठकले शनिबारदेखि नै लागू हुने गरी नयाँ भाडादर कायम गरेको हो।

मन्त्रालयले प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै इन्धनको मूल्य, सञ्चालन खर्च र समग्र आर्थिक अवस्थालाई ध्यानमा राखेर भाडा समायोजन गरिएको जनाएको छ।

नयाँ भाडादरको विवरण क्रमशः यसप्रकार छ:

१. काठमाडौँ उपत्यकाको भाडा
काठमाडौँ उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक सवारीको हकमा दूरीका आधारमा न्यूनतम २४ रुपैयाँदेखि अधिकतम ५० रुपैयाँसम्म भाडा कायम गरिएको छ।

२. लामो दूरीका प्रमुख रुटहरूको भाडा
प्रदेशभित्रका विभिन्न रुटहरूमा भाडादर निम्नानुसार निर्धारण गरिएको छ:

काठमाडौँ – धुलिखेल – चरिकोट: रु. १,०६९

हेटौँडा – नारायणगढ – काठमाडौँ: रु. ७६९

काठमाडौँ – देविघाट – धुञ्चे: रु. ५०३

काठमाडौँ – बाह्रबिसे: रु. ३५६

काठमाडौँ – कुरिनटार (मनकामना केबलकार): रु. ३५४

काठमाडौँ – त्रिशूली: रु. २९७

नेपालथोक – खुर्कोट: रु. २२३

काठमाडौँ – खोपासी: रु. १४२

३. ट्याक्सी र मालवाहक सवारीको भाडा

पेट्रोलबाट चल्ने ट्याक्सीको हकमा प्रति २०० मिटरको १२ रुपैयाँ कायम गरिएको छ। प्रतीक्षा शुल्क प्रति ३० मिनेटको १ रुपैयाँ तोकिएको छ।

मालवाहक सवारीको भाडा साविकको प्रतिकिलोमिटर प्रतिटन १४ रुपैयाँ ८० पैसाबाट २६.७९ प्रतिशत वृद्धि गरी १८ रुपैयाँ ७६ पैसा कायम गरिएको छ।

४. सामान ढुवानी सम्बन्धी व्यवस्था
नयाँ नियमअनुसार यात्रुले १५ केजीसम्मको सामान निःशुल्क लैजान पाउनेछन्। सोभन्दा बढी १० केजीसम्म सामान लैजाँदा प्रतिकेजी ५ रुपैयाँका दरले अतिरिक्त शुल्क तिर्नुपर्नेछ। यद्यपि, सवारीको तोकिएको भार क्षमता (Gross Vehicle Weight) भन्दा बढी सामान ढुवानी गर्न पाइने छैन।

५. विद्युतीय सवारीको भाडा
विद्युतीय सवारी साधनको हकमा भने यो नयाँ भाडादर लागू हुने छैन। उनीहरूले यसअघि कायम भएकै भाडादरमा सेवा प्रदान गर्नुपर्ने मन्त्रालयले स्पष्ट पारेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी