काठमाडौँ २७ चैत | एनआईसी एसिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत कैलालीको बर्दगोरिया गाउँपालिकास्थित ‘असहायका लागि सहयोगी हातहरु नेपाल’ (सहारा घर) लाई विभिन्न सामग्री सहयोग गरेको छ।
संस्थामा आश्रित व्यक्तिहरूको जीवनयापन सहज र स्वास्थ्यकर बनाउने उद्देश्यले बैंकले भोजनका लागि आवश्यक डाइनिङ टेबल र बेन्चहरू।स्वच्छ पिउने पानीका लागि वाटर डिस्पेन्सरहरू सहयोग गरेको छ।
बैंकका धनगढी सर्कल हेड दिपक विष्टले एक विशेष कार्यक्रमका बीच सहारा घरका अध्यक्ष बलबहादुर विष्टलाई उक्त सामग्रीहरू हस्तान्तरण गर्नुभयो। हाल यस आश्रममा बालबालिका, महिला, ज्येष्ठ नागरिक र फरक क्षमता भएका गरी कुल ९७ जनाले आश्रय लिइरहेका छन्।
“यस सहयोगले सहारा घरमा आश्रित असहाय र विपन्न व्यक्तिहरूको दैनिक बसाई र खानपानमा थप सहजता पुग्ने विश्वास बैंकले लिएको छ।”
बैंकले शिक्षा र समाजसेवाका क्षेत्रमा यसअघि पनि निरन्तर योगदान पुर्याउँदै आएको छ:
शान्ति सेवा गृहका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण।
सातै प्रदेशका सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत (कक्षा ६–१० सम्मका) गरिब, जेहेन्दार र पिछडिएका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान।
विभिन्न विद्यालयहरूमा पुस्तकालय भवन निर्माण र पुस्तकहरूको व्यवस्था।
एनआईसी एसियाले ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारालाई आत्मसाथ गर्दै आफ्ना व्यावसायिक गतिविधि सँगसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिँदै आएको छ।