सार्वजनिक सवारीको भाडा १६.७१ प्रतिशतले वृद्धि, मालवाहकको भाडा २१ प्रतिशतसम्म बढ्यो

सार्वजनिक सवारीको भाडा १६.७१ प्रतिशतले वृद्धि, मालवाहकको भाडा २१ प्रतिशतसम्म बढ्यो

  • बुधबार, चैत्र २५, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई आधार मानी सार्वजनिक सवारी साधनको भाडादरमा उल्लेख्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेसँगै सरकारले वैज्ञानिक सूचकका आधारमा नयाँ भाडादर समायोजन गरेको हो।

राष्ट्रिय यातायात व्यवसायी महासंघका उपाध्यक्ष सरोज सिटौलाका अनुसार अब यात्रुवाहक सवारी साधनमा १६.७१ प्रतिशतले भाडा वृद्धि भएको छ। त्यस्तै, मालवाहक सवारी साधनतर्फ पहाडी क्षेत्रमा २१.६८ प्रतिशत र तराई क्षेत्रमा १५.७५ प्रतिशतले भाडा बढाइएको छ। सिटौलाले अन्तर्राष्ट्रिय स्तरमै पेट्रोलियम पदार्थमा भएको भारी मूल्यवृद्धिका कारण भाडा समायोजन गर्नु व्यावसायिक बाध्यता रहेको जानकारी दिए।

यातायात व्यवस्था विभागले मन्त्रालयको सैद्धान्तिक सहमतिपछि यो नयाँ दर कार्यान्वयनमा ल्याएको हो। इन्धनको मूल्य घटबढ हुँदा ५ प्रतिशतभन्दा बढीको फरक आएमा स्वचालित रूपमा भाडा समायोजन हुने व्यवस्थाअनुसार यो निर्णय लिइएको बताइएको छ। नयाँ भाडादर लागू भएसँगै लामो तथा छोटो दुरीका यात्रु र ढुवानी सेवामा यसको प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी