नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

  • मङ्लबार, चैत्र २४, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाडौँ, २४ चैत । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण पण्डित नियुक्त हुनुभएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकका कार्यकारी निर्देशक पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो । अर्थ मन्त्रालयको सिफारिसका आधारमा सरकारले उहाँलाई सो जिम्मेवारी सुम्पिएको हो ।

उहाँ राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागमा कार्यकारी निर्देशकका रूपमा कार्यरत हुनुहुन्थ्यो ।

उहाँसँग केन्द्रीय बैंकका विभिन्न महत्त्वपूर्ण विभागहरूमा रहेर काम गरेको लामो अनुभव छ ।

निवर्तमान डेपुटी गभर्नरद्वय नीलम ढुंगाना र बम बहादुर मिश्रको कार्यकाल सकिएपछि राष्ट्र बैंकमा दुई डेपुटी गभर्नरको पद रिक्त थियो । पण्डितको नियुक्तिसँगै एउटा पदपूर्ति भएको छ भने अर्को एक पद अझै रिक्त रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी