काठमाडौँ: सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ। मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकमा २५ वर्ष लामो अनुभव सँगाल्नुभएका डा. भट्ट यसअघि त्यहाँ कार्यकारी निर्देशकको रूपमा कार्यरत हुनुहुन्थ्यो। गभर्नरको चर्चा चलिरहेका बेला उहाँले हालै राष्ट्र बैंकबाट राजीनामा दिनुभएको थियो।
यस्तो छ उहाँको अनुभव र योग्यता:
२०५७ सालमा सहायक निर्देशकको रूपमा राष्ट्र बैंकमा प्रवेश।
विभागीय अनुभव: आर्थिक अनुसन्धान विभागमा लामो समय बिताउनुभएका उहाँले बैंक सुपरिवेक्षण, बैंक तथा वित्तीय संस्था नियमन, भुक्तानी प्रणाली र मौद्रिक व्यवस्थापन जस्ता महत्त्वपूर्ण विभागहरूको नेतृत्व गरिसक्नुभएको छ।
उहाँले अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि (PhD) गर्नुभएको छ।
यसअघि कांग्रेस नेता प्रकाशशरण महत अर्थमन्त्री हुँदा उहाँले सल्लाहकारको रूपमा समेत कार्य गरिसक्नुभएको छ।