नेप्सेको नयाँ कार्यतालिका: अब आइतबार बिदा, शुक्रबार पनि शेयर कारोबार हुने

नेप्सेको नयाँ कार्यतालिका: अब आइतबार बिदा, शुक्रबार पनि शेयर कारोबार हुने

  • सोमवार, चैत्र २३, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर कारोबारको समय तालिकामा परिवर्तन गर्दै अबदेखि शुक्रबार पनि बजार सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारले पेट्रोलियम पदार्थको खपत कम गर्ने उद्देश्यले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेप्सेले शुक्रबार बजार खुला गर्ने नीति लिएको हो ।

हिजो बसेको नेप्से सञ्चालक समितिको बैठकले साताको पाँच दिन कारोबार सुनिश्चित गर्नका लागि शुक्रबार बजार खोल्ने निर्णय गरेको हो । नयाँ व्यवस्था अनुसार अबदेखि साताको दुई दिन शनिबार र आइतबार बजार बन्द रहनेछ भने सोमबारदेखि शुक्रबारसम्म नियमित कारोबार सञ्चालन गरिनेछ ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईँका अनुसार शुक्रबार कार्यालय समय साँझ ५ बजेसम्म कायम रहने र सोही दिन शेयर कारोबार समेत हुनेछ । मन्त्रिपरिषद्को हालैको बैठकले बढ्दो इन्धन खपत र वैदेशिक मुद्रा सञ्चितिमा परेको चापलाई मध्यनजर गर्दै आइतबार सरकारी कार्यालयहरूमा बिदा दिने निर्णय गरेको थियो । सोही निर्णयलाई पछ्याउँदै नेप्सेले लगानीकर्ताहरूको हित र बजारको सक्रियताका लागि शुक्रबार बजार चलाउने प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

नेप्सेले शुक्रबार कारोबार खोल्न लागेको यो पहिलो पटक भने होइन । यसअघि २०७९ सालमा पनि सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गर्दा नेप्सेले शुक्रबार कारोबार सञ्चालन गरेको थियो । पछि सरकारले आइतबारको बिदा खारेज गरेपछि नेप्से पुनः पुरानै कार्य तालिकामा फर्किएको थियो ।

विगतमा पनि शुक्रबार बजार चलाएको अनुभव भएकाले यस पटक नयाँ व्यवस्था कार्यान्वयन गर्न कुनै प्राविधिक समस्या नहुने सञ्चालकहरूले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी