क्यानको बोर्ड बैठक स्थगित

क्यानको बोर्ड बैठक स्थगित

  • आइतवार, चैत्र २२, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

२२ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को शनिबार तय गरिएको बोर्ड बैठक स्थगित भएको छ । उपाध्यक्ष रोशन सिंहसहितको टोली अनुपस्थित भएपछि बोर्ड बैठक स्थगित गरिएको हो ।

नेपाल प्रिमियर लिग (एनपीएल)को खर्च विवरण माग गर्दै सिंहसहित ८ बोर्ड सदस्यले गत जेठमा क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्र बुझाउनेहरुमा सिंहसहित दुर्गा पाठक, विक्रम विष्ट, माधव कर्माचार्य, वीरेन्द्र चन्द, अर्जुन पौडेल, प्रदीप मजगैया र जयन्ती भट्ट थिए ।

क्यानले उक्त विवरण हालसम्म नदिएको भन्दै शनिबारको बोर्ड बैठक बहिष्कार गरिएको स्रोतले जनाएको छ ।

बैठकमा साधारण सभा, बजेट, वार्षिक कार्यक्रम र अडिट रिपोर्ट एजेन्डाको रुपमा थिए । शनिबार स्थगित भएपछि बोर्ड बैठक सोमबार बस्ने तय भएको छ ।

सबैको उपस्थिति होस् भन्ने उद्देश्यले बैठक सोमबारका लागि सारिएको क्यान अध्यक्ष चन्दले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी