कालिन्चोक हाइड्रोपावरको आईपीओ सर्वसाधारणको लागि खुल्यो

कालिन्चोक हाइड्रोपावरको आईपीओ सर्वसाधारणको लागि खुल्यो

  • आइतवार, चैत्र २२, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

२२ चैत, काठमाडौं । कालिन्चोक हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) आम सर्वसाधारणका लागि खुलेको छ ।

कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो ।

जसमध्ये आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारमा रहेका नेपाली, सामूहिक लगानी कोष, कर्मचारीलाई बाँडफाँटपछि बाँकी रहेको ६ लाख ८४ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन भएको हो ।

सो आईपीओमा न्यूनतम १० तथा अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिने बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङले जनाएको छ । चैत २५ गतेसम्म सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई बीबी संकेत प्रदान गरेको छ। यसले कम्पनीको दायित्व पूरा गर्न केही कमजोर मध्यमस्तरमा रहेको जनाउँछ । आस्बा सदस्य बैंक तथा वित्तीय संस्था वा सीडीएससीको अनलाइन प्रणाली मेरोसेयरमार्फत यसमा आवेदन दिन सकिनेछ ।

कम्पनीले दोलखा जिल्लामा बग्ने साँगुखोलाबाट ५ मेगावाट क्षमतामा आयोजना निर्माण गरेको छ ।

आयोजनाको कुल लागत १ अर्ब २० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड १४ लाख रुपैयाँ रहेको छ । साधारण लगानी फिर्ता अवधि ९.१९ वर्ष तथा डिस्काउन्टमा लगानी फिर्ता अवधि १५.३६ वर्ष छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी