निर्माण व्यवशायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित

निर्माण व्यवशायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित

  • शुक्रबार, चैत्र २०, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

नेपाल निर्माण व्यवसायी महासंघ -एफ्क्यान) को १३औं महाधिवेशनले निकोलस पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ।
निर्वाचन समितिबाट सार्वजनिक परिणामअनुसार नवनिर्वाचित अध्यक्ष पाण्डेले ५१४ मत ल्याएर विजयी हुँदा निकटतम प्रत्याशी वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामाले ४१३ मत पाए।
अध्यक्षमा निर्वाचित पाण्डे राप्रपाका पूर्व सांसद तथा पूर्वमन्त्री विक्रम पाण्डेका छोरा हुन्। उनी कालिका कन्स्ट्रक्सनका निर्देशकसमेत हुन्।

यस्तै, वरिष्ठ उपाध्यक्षमा रामजी पन्त ४७४ मत ल्याएर विजयी बनेका छन्। पन्त पाण्डे समूहबाटै उम्मेदवार बनेका थिए। महासचिवमा शिवहरि घिमिरे ५२७ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी बलिभद्र रानाले ३८० मत पाए।

निर्वाचनमा लामा समूहबाट वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल, एसोसिएट उपाध्यक्षमा एनपी शेर्पा, महासचिवमा शिवहरि घिमिरे र कोषाध्यक्षमा बालाजी श्रेष्ठ चुनावी मैदानमा उत्रिएका थिए। लामाले सार्वजनिक खरिद ऐन संशोधनलाई आफ्नो मुख्य एजेन्डा बनाएका थिए।

पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा मुकेश पन्त, महासचिवमा धीरेन्द्र दाहाल र कोषाध्यक्षमा उज्ज्वल गौतमले उम्मेदवारी दिएका थिए।

वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल र रामजी पन्त ९मुकेश० प्रतिस्पर्धामा थिए। उपाध्यक्षतर्फ एसोसिएटमा नरहरि थपलिया र एनपी शेर्पा चुनावी मैदानमा उत्रिएका थिए। महासचिवमा बलिभद्र राना र शिवहरि घिमिरेको उम्मेदवारी मनोनयन दर्ता भएको थियो।

उपमहासचिवमा इन्जिनियर सन्तोष साह, चन्द्रशेखर मल्ल र सुवित श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियो। कोषाध्यक्ष पदका लागि बालाजी श्रेष्ठ र उज्ज्वल गौतम प्रतिस्पर्धामा थिए। सह–कोषाध्यक्ष पदमा उपेन्द्रकुमार घिसिङ र दिनेशबहादुर सिंह चुनावी मैदानमा उत्रिएका थिए।

पाण्डेले निर्माण व्यवसाय क्षेत्रमा देखिएका समस्याका लागि सरकारसँग बहस गर्ने र सार्वजनिक खरिद ऐनका दफा खारेजका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी