पेट्रोलियम पदार्थमा भारी मुल्यबृद्धि, पेट्रोल लिटरमै २ सय रुपैया नाघ्यो

पेट्रोलियम पदार्थमा भारी मुल्यबृद्धि, पेट्रोल लिटरमै २ सय रुपैया नाघ्यो

  • शुक्रबार, चैत्र २०, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो ।
नयाँ मूल्यसूची अनुसार अब काठमाडौं, पोखरा र दिपायल लगायतका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ । संशोधित मूल्य आजै राति १२स्०१ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

निगमले जारी गरेको प्रेस विज्ञप्ति अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्नुको मुख्य कारण मध्यपूर्वमा जारी युद्ध हो । सो युद्धका कारण विश्व बजारमा कच्चा तेलको आपूर्तिमा अवरोध र मूल्यमा अस्थिरता आएको निगमको ठहर छ ।
इन्डियन आयल कर्पोरेसनबाट मार्च १६ र मार्च ३१ मा प्राप्त नयाँ खरिद मूल्य अनुसार नेपालमा पनि मूल्य समायोजन गर्नुपरेको निगमले स्पष्ट पारेको छ ।

प्रतिलिटर १५ रुपैयाँ मूल्य बढाउँदा पनि निगम अझै ठूलो वित्तीय दबाबमा रहेको देखिन्छ । निगमका अनुसार , पेट्रोलमाः अझै प्रतिलिटर ३४ रुपैयाँ ३६ पैसा घाटा छ । डिजेलमाः प्रतिलिटर १२ रुपैयाँ ५४ पैसा घाटा छ ।
एलपी ग्यास प्रति सिलिन्डर ४१६ रुपैयाँ ३७ पैसा घाटा कायमै छ ।
यस मूल्य समायोजनपछि पनि निगमलाई पाक्षिक रुपमा करिब ११ अर्ब ७१ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढिरहने र यहाँ समायोजन नहुने हो भने इन्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिन समेत समस्या पर्न सक्ने र आपूर्ति शृङ्खला प्रभावित हुन सक्ने चेतावनी निगमले दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी