गोल्छा ग्रुपद्वारा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई ५ करोड आर्थिक सहयोग

गोल्छा ग्रुपद्वारा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई ५ करोड आर्थिक सहयोग

  • बुधबार, चैत्र १८, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौँ, १८ चैत नेपालको प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई पाँच करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

बुधबार आयोजित एक कार्यक्रमका बीच बालबालिकाहरूका लागि सहज उपचार र प्रभावकारी स्वास्थ्य सेवाको व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले उक्त रकम हस्तान्तरण गरिएको हो। संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा र किओचका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाबीच सहयोग सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

बाल स्वास्थ्यमा ठूलो टेवा पुग्ने विश्वास सहयोग रकम हस्तान्तरण गर्दै गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने पवित्र अभियानमा जोडिन पाउँदा गौरवान्वित महसुस भएको बताउनुभयो। उहाँले भन्नुभयो, “हाम्रो फाउन्डेसनमार्फत गरिने सामाजिक कार्य अन्तर्गत आजदेखि किओचसँग सहकार्य सुरु भएको छ। यो साथ भविष्यमा पनि निरन्तर रहनेछ। यसबाट बालबालिकाहरूले गुणस्तरीय स्वास्थ्य सेवा थप प्रभावकारी रूपमा पाउनेमा हामी विश्वस्त छौँ।”

त्यस्तै, किओचका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाले गोल्छा ग्रुपको यो साथप्रति आभार व्यक्त गर्नुभयो। “यस सहयोगले सातै प्रदेशमा निर्माण भइरहेका बाल अस्पतालहरूको काममा ठूलो ऊर्जा थपिएको छ। यसबाट हजारौँ बालबालिकाको उपचारमा प्रत्यक्ष सहयोग पुग्नेछ,” उहाँले भन्नुभयो।

विस्तार हुँदै किओचको सेवा देशभरका बालबालिकाहरूलाई उच्च गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना भएको किओचको गुरुयोजना अन्तर्गत हाल कोशी प्रदेशको दमक र बागमती प्रदेशको काठमाडौँमा अस्पताल सञ्चालन भइसकेका छन्। बाँकी प्रदेशमा पनि अस्पताल निर्माण र सेवा विस्तारको कार्य अघि बढिरहेको छ।

नेपालको सबैभन्दा पुरानो व्यावसायिक समूहमध्ये एक गोल्छा ग्रुपले २० हजारभन्दा बढीलाई रोजगारी दिनुका साथै शिक्षा र स्वास्थ्य क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएको छ। ग्रुपले यसअघि रामलाल गोल्छा आँखा अस्पताल (विराटनगर), टीच फर नेपाल, र नेपाल एम्बुलेन्स सर्भिस लगायतका संस्थाहरूसँग पनि सहकार्य गर्दै आएको छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी