सुन तोलामा चौध हजार छ सयले बढ्यो

सुन तोलामा चौध हजार छ सयले बढ्यो

  • बुधबार, चैत्र ११, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौँ, ११ चैतः स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन तोलामा रु १४ हजार ६०० ले बढेको छ भने चाँदी पनि तोलामा रु चार सय १५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९२० कायम भएको छ ।

हिजो मङ्गलबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ७३ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५०५ कायम भएको थियो ।

गत सोमबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ७५ हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ४२५ कायम भएको थियो भने आइतबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८२ हजार र त्यति नै परिमाणको चाँदी रु चार हजार ५४० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६०० र त्यति नै परिमाणको चाँदी ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी