थानकोट नाकामा ३१ नमुनाको विषादी परीक्षणगर्दा आयो अनुकूल नतिजा, उपभोक्तालाई राहत

थानकोट नाकामा ३१ नमुनाको विषादी परीक्षणगर्दा आयो अनुकूल नतिजा, उपभोक्तालाई राहत

  • मङ्लबार, चैत्र १०, २०८२
  • मिर्मिरे अनलाइन

  • 27.7K
    SHARES

१० चैत्र,काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपत्यका भित्रिने फलफूल तथा तरकारीमा गरिएको विषादी अवशेष परीक्षणको नतिजा सार्वजनिक गरेको छ।

विभागका अनुसार चैत ८ गते राति १० बजेदेखि चैत ९ गते बिहान ४ बजेसम्म थानकोट (नागढुङ्गा) नाकामा अनुगमन गरिएकोमा काठमाडौं भित्रिने फलफूल तथा तरकारी बोकेका १६ वटा सवारी साधनबाट ३१ वटा नमुना सङ्कलन गरी मोबाइल खाद्य प्रयोगशाला भ्यानमार्फत परीक्षण गरिएको थियो।

परीक्षणका क्रममा आरबीपीआर (RBPR) विधिबाट कार्बामेट र अर्गानो–फस्फोरस समूहका विषादीको अवशेष जाँच गरिएको विभागले जनाएको छ। परीक्षण नतिजा अनुसार अधिकतम इन्जाइम इनहिबिसन २८.०५३ प्रतिशत (धनिया) र न्यूनतम ०.७१५८ प्रतिशत (काक्रो) मापन गरिएको थियो।

विभागका अनुसार परीक्षण गरिएका सबै ३१ वटा नमुनाको नतिजा अनुकूल रहेको छ, जसले बजारमा बिक्री वितरण भइरहेको फलफूल तथा तरकारीमा विषादीको मात्रा स्वीकृत सीमाभित्र रहेको संकेत गर्दछ।

अनुगमनका क्रममा मटरकोसा, ब्रोकाउली, बन्दा, काउली, फर्सी, सिमी, काक्रो, घिरौला, धनिया, लसुन पत्ता तथा तोरी र बेथु सागका नमुना संकलन गरिएको थियो। यी सामग्री धादिङ, चितवन, नुवाकोट र गोरखाबाट काठमाडौं ल्याइ कालीमाटी, जोरपाटी र बल्खुस्थित फलफूल तथा तरकारी बजारमा बिक्री हुने गरेको पाइएको विभागले जनाएको छ।

उक्त अनुगमन तथा परीक्षण कार्यमा सुशन निरौला, पवन कुमार कुर्मी, भरत रोकाया, सुमन थोकर तामाङ, शिवशंकर श्रेष्ठ र विजयकान्त चौधरी संलग्न रहेका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी