निर्वाचनमा खराब नतिजा भाेगेका गगन थापाले दिए कांग्रेस सभापतिबाट राजीनामा

निर्वाचनमा खराब नतिजा भाेगेका गगन थापाले दिए कांग्रेस सभापतिबाट राजीनामा

  • बिहिबार, चैत्र ५, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.6K
    SHARES

५ चैत, काठमाडाैं । कांग्रेस सभापति गगनकुमार थापाले नैतिकताका आधारमा सभापति पदबाट राजीनामा दिएका छन् ।

गएकाे फागुन २१ मा सम्मपन्न भएकाे प्रतिनिधिसभा सदस्य चयनकाे निर्वाचनमा नतिजा खराब आएपछि नैतिक रूपमा पदमा बसिरहन नसुहाउने भन्दै पार्टीकाे सभापति पदबाट थापाले राजीनामा दिएका हुन् ।

निर्वाचनमा प्रत्यक्षतर्फ १६५ मा १८ र समानुपातिकतर्फ ११० मा २० सिट गरी कांग्रेसले ३८ सिट जितेकाे थियाे । यसअघि कांग्रेस ८९ सिटसहित पहिलाे दल थियाे । तर विशेष महाधिवेशनमार्फत सभापति बाेका थापाकाे नेतृत्वमा निर्वाचनमा भाग लिएकाे कांग्रेसले निकै थाेरै मत ल्याएपछि उनलाई पार्टी बसिरहन गाह्राे भएकाे जनाउँदै राजीनामा दिने मनसायमा पुगेपनि उपसभापति विश्वप्रकाश शर्मा लगायत नेताहरूले नियमित महाधिवेशनसम्म राजीनामा नदिन भन्दै आग्रह गर्दै आएका थिए ।

कांग्रेसले थापालाई निर्वाचनअघि भावि प्रधानमन्त्रीकाे उम्मेदवारका रूपमा प्रचार गरेकाे थियाे । सर्लाही-४ बाट निर्वाचन लडेका थापा रास्वपाका उम्मेद्वार अमरेश सिंहसँग पराजय भए । यसअघि २१ सिटसहित चाैथाे रहेकाे रास्वपाले यसपटक भने प्रत्यक्षतर्फ १६५ मा १२५ र समानुपातिकतर्फ ११० मा ५७ सिट गरी कांग्रेसले १८२ सिट जितेर पहिलाे दल बनेकाे छ ।

तर यसबिचमा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूले राजीनामा माग्न थालेपछि राजीनामा दिएका हुन् । थापाले बुधबार साँझ उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

कांग्रेस विधान अनुसार, सभापतिको राजीनामा उपसभापतिलाई बुझाउनुपर्ने व्यवस्था छ । पत्रबारे भाेलि बस्ने केन्द्रीय कार्य सम्पादन समितिकाे बैठकमा स्वीकृत गर्ने नगर्नेबारे छलफल हुने जनाइएकाे छ ।

थापाकाे राजीनामासँगै अब कांग्रेस पुरानै पाका उमेरका नेताहरूकाे पाेल्टामा जाने अडकलबाजी शुरू भएकाे छ । किाकि विशेष महाधिवेशनमार्फत कांग्रेस दुई कित्तामा विभाजित भएकाे थियाे । साेही कारण यसपटक निर्वाचनमा भाेट खसाल्ने दिन देउवा सिंगापुर गएर बसेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ