१३ अंकले बढ्यो नेप्से, कारोबार रकम पनि बृद्धि

१३ अंकले बढ्यो नेप्से, कारोबार रकम पनि बृद्धि

  • मङ्लबार, चैत्र ३, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार घटेर बन्द भएको नेप्से आज बढेको हो ।
यस दिन नेप्से परिसूचक १३.५१ अंक बढेर २८१२.३४ विन्दुमा पुगेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। आज ३४० स्टकको १ लाख ६ हजार १४० पटकको कारोबारमा १२ अर्ब ३ करोड ४४ लाख ६ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

आज रिलायन्स स्पिनिङ्ग मिल्स, सोलु हाइड्रोपावर, सालपा विकास बैंक र होटल फरेष्ट इनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन शिवश्री हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा यस दिन रिडी पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५६ करोड ३७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १।५९ प्रतिशत बढेको छ। बैंकिङ्ग, विकास बैंक, लगानी, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक यस दिन सामान्य बढेको छ। यस दिन घटेका उपसमूहहरुको गिरावटदर सामान्य रहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी