सन नेपाल लाइफले गर्‍यो २०८३ सालको क्यालेन्डर लोकार्पण

सन नेपाल लाइफले गर्‍यो २०८३ सालको क्यालेन्डर लोकार्पण

  • आइतवार, चैत्र १, २०८२
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

काठमाडौँ — सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी वर्ष २०८३ सालका लागि तयार पारिएको क्यालेन्डर एक विशेष समारोहबीच लोकार्पण गरेको छ।। कम्पनीले आगामी वर्षको क्यालेन्डरलाई विशेष सन्देशसहित तयार पारेको छ, जसको मुख्य विषयवस्तु लोपोन्मुख वन्यजन्तु, दिगोपन, संरक्षण र संवर्द्धन रहेको छ।

कम्पनीले सार्वजनिक गरेको क्यालेन्डरमा नेपालमा पाइने विभिन्न लोपोन्मुख जनावरहरूको तस्बिर समावेश गरिएको छ। प्राकृतिक सम्पदाको संरक्षण र भावी पुस्ताका लागि सुरक्षित भविष्य सुनिश्चित गर्नुपर्ने सन्देशलाई जीवन बीमाको मूल भावसँग जोड्दै क्यालेन्डर तयार गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार क्यालेन्डरले प्रकृति संरक्षणप्रति जनचेतना फैलाउनुका साथै जीवन बीमाले प्रदान गर्ने सुरक्षा, संरक्षण र भविष्यप्रतिको तयारीको सन्देश पनि बोकेको छ।
सन नेपाल लाइफ इन्स्योरेन्सले समय–समयमा सामाजिक उत्तरदायित्व र जनचेतनामूलक कार्यक्रममार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै आएको छ। कार्यक्रममा कम्पनीका उच्च पदस्थ अधिकारीहरू तथा बिभागिय प्रमुखहरुको उपस्थिती रहेको थियो । हाल सन नेपाल लाइफ इन्स्योरेन्सको देशै भरि १४८ शाखा तथा उप शाखा संचलानमा रहेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी