सर्वाेच्चकाे आदेश किशाेरी साहकाे पक्षमा, रास्वपाकाे १ सिट बढ्ने !

सर्वाेच्चकाे आदेश किशाेरी साहकाे पक्षमा, रास्वपाकाे १ सिट बढ्ने !

  • बिहिबार, फाल्गुन २८, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

२८ फागुन, काठमाडौं । सर्वोच्च अदालतले धनुषा क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बनेका किशोरी कमल साहको नाम कालोसूचीमा नराख्न बिहिबार अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश सारंगा सुवेदीको इजलासले नेपाल राष्ट्र बैंक र कर्जा सूचना केन्द्रको नाममा अन्तरिम आदेश जारी गर्दै यस्ताे आदेश दिएकाे हाे । यहि फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा साहको चुनाव चिह्न घण्टीमा धेरै भोट आएको थियो ।

साहकाे नाम कालाे सूचीमा परेकाे उजुरीका आधारमा निर्वाचन आयोगले मतदानकाे दुई दिन अगाडि मात्र साहको उम्मेदवारी खारेज गरेकाे थियाे । तर साहकाे नाममा अन्य सबै उम्मेदवारहरूकाे भन्दा धेर मत खसेकाे थियाे । आफूलाई गलत तरिकाबाट आयाेगले उम्मेदवारी हटाएकाे भन्दै आयाेगकाे निर्णय खारेज र कालाे सूचीमा नाम राख्नुपर्ने कारण सही नभएकाे भन्दै दुवै निर्णय खारेज गर्नुपर्ने माग (मुद्दा)सहित सर्वाेच्च पुगेका थिए ।

यसरी मुद्दा चलिरहेकै बेला आयाेगले दाेस्राे भएका नेकपाका उम्मेद्वार मातृका यादवलाई विजयी घाेषणा गरेर प्रमाणपत्र दिएकाे थियाे ।

सर्वाेच्चकाे आजकाे निर्णयले साहकाे मतले मान्यता पाउने र उनी विजयी हुने बाटाे खुलेकाे छ । कालाे सूचीकै आधारमा आयाेगले साहकाे नाम उम्मेदवारीबाट हटाएकाे हुँदा कालाे सूचीमा नराख्न अन्तरिम आदेश भएपछि आयाेगले खारेजी निर्णय फिर्ता लिन कर लाग्ने देखिएकाे छ । भलै, आयाेगकाे निर्णयविरूद्ध साहले दिएकाे मुद्दा टुंगाे लाग्ने बाँकी छ । यसकाे टुंगाे भाेलि शुक्रबार लगाइँदैछ । आजकाे आदेशले आयाेगकाे निर्णयकाे उपदेयता नरहने कानुनका जानकारहरूकाे भनाइ छ ।

निर्णय फिर्ता लिएर साह विजयी घाेषित हुँदा रास्वपाकाे विजयी सांसदकाे संख्य १८३ पुग्नेछ । याे दुईतिहाईका लागि चाहिने मतमा एक मात्र कम हुनेछ ।

साहकाे पक्षमा भएकाे आदेशसँगै मधेस प्रदेशका ३२ सिटमध्ये ३१ सिट रास्वपाकाे हुनेछ । यसअघि ३० सिट हासिल गरिसकेकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ