नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले भरपर्दो मानिस र पार्टीलाई देश सुम्पिन नसके प्रयोगशाला बन्ने निश्चित रहेको चेतावनी दिएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले पार्टी कहिल्यै पुरानो नहुने बताए। अहिले नेपाली कांग्रेस नयाँ अनुहार, नयाँ सिद्धान्त र नीति बोकेर अघि बढिरहेको जिकिर गरे।
उनले कांग्रेसले १६५ निर्वाचन क्षेत्रमध्ये १०६ वटामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको पनि बताए।
उनले अहिले भरपर्दो भविष्य हेर्ने बेला भएकाले कोही पनि उत्तेजनामा नआउन आग्रह गरे।
देश तरकारी चाखेको जस्तो नभएको भन्दै भरपर्दो पार्टीलाई सुम्पिनुपर्ने बताए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline